अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 10:50

मित्रमिलन सहकारी प्रकरणः पत्रकार लम्साल पुर्पक्षका लागि थुनामा

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ६:०३ मा प्रकाशित

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पत्रकार विजय लम्साललाई पुर्पक्षका लागि कारागार चलान पठाइएको छ। आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सहकारीको उपाध्यक्ष उनी मंगलबार कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ परेका हुन्। सहकारीका ३ हजार ४४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको दाबीसहित सरकारी वकिलको कार्यालयले कानुनबमोजिम सजाय र २१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत वर्ष पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा ३२ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। यो सहकारी प्रकरणमा पत्रकारसँगै जनप्रतिनिधि, कानुन व्यवसायी, निजामती कर्मचारीसमेत मुछिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू