अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 19:18

निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ६:०० मा प्रकाशित

नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । निरौला र पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

यसअघि शुक्रबार संसदीय सुनुवाइ समितिले उहाँहरुको नाम अनुमोदन गरेको थियो। गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू