अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 14:46

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ५:४८ मा प्रकाशित

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि गएकाे शुक्रवार शिलान्यास गरिएको छ ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको शुरुआती विन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्तरूपमा शिलान्यास गर्नुभएकाे हाे ।

राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले जानकारी दिनुभयाे ।पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने मेयर मादेनले बताउनुभयाे ।

केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने बताउनुभयाे । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्ने उहाँकाे विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू