अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 13:33

नेपाली सफ्टवेयर कम्पनी ‘इन्फोडेभलपर्स’ लाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ५:४३ मा प्रकाशित

नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एशियन–आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन ( असोसियो) को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा इन्फोडेभलपर्सले  ‘असोसियो डिजिटल गभर्मेन्ट’ अवार्ड पाएको हो ।असोसियो एशियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासङ्घ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ ।

अवार्ड ग्रहण गर्दै इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले यो सम्मानले नेपालका प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो भूमिकाको सङ्केत गरेको भन्दै सरकारको डिजिटल रूपान्तरण यात्रामा थप प्रभावकारी परियोजनामा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । यस वर्षको डिजिटल समिटमा एशिया–प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्व, नवप्रवर्तक र विशेषज्ञहरूको सहभागिता थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो । कम्पनीले वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्दै आएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था, सरकारी तथा सहकारी क्षेत्रलाई सेवा दिँदै आएको छ । इन्फोडेभलपर्सले दुई सय जनाभन्दा धेरैलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू