अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८
| Colorodo: 03:53
कालीकोट जिल्लाको पलाता गाउँपालिकास्थित राडुकाप्रे खोलामा यात्रु बाहक जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरकाे जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेकाे छ ।