अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 10:35

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको ‘डब्ल्यूटीएम’ मा नेपालको सहभागिता

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ५:२९ मा प्रकाशित

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले बेलायतको लन्डनमा आयोजना गरिएको ‘वर्ल्ड ट्राभल मार्केट–२०२४ (डब्लूटीएम) मा’ सहभागिता जनाएको छ ।कात्तिक २० देखि २२ गतेसम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ ।

डब्ल्यूटीएममा एक सय ८४ देशबाट ४३ हजार सहभागी थिए । ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो । नेपालबाट डब्ल्यूटीएमा विभिन्न ट्राभल कम्पनी, होटल, रिर्सोटहरुको सहभागिता रहेको थियो । हालै लोन्ली प्लानेटले सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्ल्यूटीएममा नेपालको उपस्थिति थप महत्त्वपूर्ण बनेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

वर्ल्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू