अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 15:36

चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ५:१६ मा प्रकाशित

चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक सबारी साधन आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक साधन र नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिनुभयो ।

इलेक्ट्रिक सबारी साधनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र ४ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू