अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४
| Colorodo: 14:29
ताप्लेजुङमा स्थानीयबीच दोहोरो झडप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।
दुवै पक्षको झडप रोक्न प्रहरीले बल प्रयोग गरेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुवै पक्षलाई शान्त पार्ने प्रयास जारी छ ।
केही स्थानीयलाई ढुंगा लागे पनि झडपमा कुनै ठूलो हताहती भएको छैन ।