अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६
| Colorodo: 16:01
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक शनिबार बिहान ११.३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा हुने छलफलमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटी रहेको जनाइएको छ ।
यस्तै आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।