अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६
| Colorodo: 15:51
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्दैछ । उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदवारी दावी गर्न सक्नेछन् ।
केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय गरेको रास्वपाको केन्द्रीय निर्वाचन समन्वय समितिले जनाएको छ ।
एउटै पदको लागि एकभन्दा बढी उम्मेदवारको नाम परेमा प्राइमरी इलेक्सनबाट तय गर्ने जनाइएको छ । स्थानीय तहको निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।