अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३
| Colorodo: 13:28
सरकारले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन हुने ७२ अर्ब रुपैयाँ बराबरका पाँच वटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’ मा गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ ।
बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाई पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेश गरिने योजना छ ।