अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७
| Colorodo: 04:22
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । नेता प्रकाण्डले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर हालै भेटवार्ता गर्नुभएको हो । प्रचण्डसँग नेता प्रकाण्डले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमदेखि समाजवादी मोर्चालगायतको विषयमा छलफल गरेको जनाउनुभएको छ। नेकपाका महासचिव विप्लव माओवादीसँग पार्टी एकता गर्न तयार भइरहेको बेलामा प्रकाण्ड खुमलटार पुग्नुभएको हो ।
पछिल्लो समय माओवादीका नेताहरुसँग नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको भेट बाक्लिरहेको छ । त्यसो त नेता प्रकाण्डले यही साता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बेग्लाबेग्लै भेटवार्ता गरिसक्नुभएको छ ।