अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 12:43

बिटक्वाइनको मूल्य हालसम्मकै उच्च

बिआरटीनेपाल २०८१ कार्तिक २१ गते ६:१२ मा प्रकाशित

अमेरिकाको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो । साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ । बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित भएपछि बिटक्वाइनको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने’ र टेक ९प्रविधि० अर्बपति इलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गर्नुभएको छ ।

यही कारण बिटक्वाइनको मूल्यले रेकर्ड बनाएको विश्लेषण गरिएको छ । टेक अर्बपति मस्कले ट्रम्पको साथ लिएर क्रिप्टोलाई बढावा दिने अनुमान छ । यसअघि ट्रम्प र रिपब्लिकन पार्टीले क्रिप्टोकरेन्सीलाई पूर्णरूपमा समर्थन गरेका थिए । यसले उच्च लगानी तथा आर्थिक सहयोग समेत जुटेको थियो । बिटक्वाइन मात्रै नभई अन्य क्रिप्टोकरेन्सीको पनि मूल्य बढेको छ । दोस्रो ठूलो क्रिप्टो इथरियमको मूल्य करिब ७ प्रतिशतले बढ्यो भने तेस्रो ठूलो क्रिप्टो सोलाना करिब १५ प्रतिशत बढ्यो । अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भनेका छन् , ‘बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन् तर केही समयका लागि, बजारले उच्च मूल्य वृद्धि निर्धारण गरिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू