अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 20:43

”भव्य जित हासिल गर्‍यौं, अब स्वर्ण युग सुरू हुन्छ”- ट्रम्प

बिआरटीनेपाल २०८१ कार्तिक २१ गते ५:४७ मा प्रकाशित

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुभएको छ । उहाँ आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसक्नुभएको छ । जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य जित हासिल गरेको घोषणा गर्नुभयो । ‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुनस् महान् बनाउनेछ,’ ट्रम्पले सम्बोधनमा भन्नुभयो ।

यस्तै उहाँले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गर्नुभयो। ‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु। म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु। अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उहाँले भन्नुभयो, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ।’ रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएका थिए।

ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। तर अमेरिकामा पपुलर मतले नभई इलेक्टोरल मतबाट राष्ट्रपतिको छिनोफानो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू