अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७
| Colorodo: 12:32
नेपाली बजारमा मंगलबार सुन हालसम्मकै उच्च मूल्यबाट घटेर कारोबार भएको छ । यही कात्तिक १५ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यसपछि आज नयाँ मूल्य तोकिएको हो ।
यस दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक १५ गते छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक १५ गते चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।