अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 01:37

प्रहरी हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन, ७ जना पक्राउ

बिआरटीनेपाल २०८१ कार्तिक २० गते ४:५६ मा प्रकाशित

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।सहकारी ठगी, सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । म्याद थपको बहस सकिएको छ । अब केहीबेरमा न्यायाधीश चन्द्रकान्त पौडेलले म्याद थपको निर्णय सुनाउनु हुनेछ ।

लामिछानेलाई हिरासतमुक्त गरेर पनि अनुसन्धान गर्न सकिने तर सरकारको प्रतिशोधका कारण हिरासतको बसाइ लम्बाइएको भन्दै रास्वपाका समर्थकले पोखरामा प्रदर्शन गरेका हुन् । उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिक  २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू