अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५
| Colorodo: 09:30
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिनुभयो ।
रायका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन्। बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ।