अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 05:25

भारतीय वायुसेवाको मिग-२९ दुर्घटना, समयमै ‘इजेक्ट’ गरेर बाँचे पाइलट

बिआरटीनेपाल २०८१ कार्तिक १९ गते ५:२९ मा प्रकाशित

भारतीय वायुसेनाको लडाकु विमान मिग-२९ उत्तर प्रदेशको आगरा नजिक दुर्घटनाग्रस्त भएको छ ।पञ्जाबको आदमपुर एयरबेसबाट उडान भरेको केही समयमै विमान आगरानजिक दुर्घटनाग्रस्त भएको हो ।प्रारम्भिक विवरणअनुसार विमानमा रहेका पाइलट भने दुर्घटनाअघि नै ककपिटबाट इजेक्ट गरेर बाहिरिन सफल भएका थिए । दुर्घटनाको विस्तृत विवरण कारणबारे थप जानकारी आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटना विमानको प्राविधिक गडबडीका कारण भएको हुनसक्ने भारतीय अधिकारीहरूले अनुमान गरेका छन् । भारतीय वायुसेनाले दुर्घटनाको तुरुन्तै जाँच गर्न आदेश दिएको छ ।दुर्घटनापछि वायुसेनाको एक विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ ।

भारतको वायुसेनामा मिग-२९  लडाकु विमान लामो समयदेखि प्रयोग हुँदै आएको छ ।पछिल्लो समय धेरै प्राविधिक समस्या देखिन थालेपछि भारतले यस विमानको प्रयोग कम गरिरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू