अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३
| Colorodo: 19:38
बङ्गलादेशमा डेङ्गीका कारण अस्ति शनिवार एकैदिन १० जनाको ज्यान गएको छ । यो वर्ष डेङ्गीका कारण एक दिनमा ज्यान गुमाउनेको सङ्ख्या यो सबैभन्दा धेरै हो । योसँगै सङ्क्रमित भएर ज्यान गुमाउनेको सङ्ख्या तीन सय १० जना पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीबाट सङ्क्रमित भएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार एक सय ६५ जना पुगेको बङ्गलादेशको सरकारी तथ्याङ्कले देखाएको छ ।
डेङ्गीको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपाय चालेको बताएका छन् ।