अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 10:34

साउदी अरबमा कांस्य युगको पुरातात्विक शहर फेला

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते ४:१८ मा प्रकाशित

साउदी अरबको उत्तर–पश्चिममा रहेको खैबर ओएसिसमा का‌ंस्य युगको एक शहर पत्ता लागेको रोयल कमिशन फर अलउला (आरसीयू) ले घोषणा गरेको छ । प्लस वनमा प्रकाशित विवरणअनुसार पुरातत्वविद्हरूले लामो अध्ययनपछि कांस्य युगको शहर पत्ता लगाएको उल्लेख छ ।

आरसीयूले पत्रकार सम्मेलन गरी पुरातत्व क्षेत्रमा र यसको सांस्कृतिक समृद्धिमा भएको खोजबारेमा जानकारी गराएको समाचारसंस्था एएनआईले जनाएको छ ।

फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका अनुसन्धाता डा.गुइलौम चार्लोक्स र आरसीयूका पुरातात्विक सर्वेक्षण प्रबन्धक डा.मुनिराह अल–मुशावहको नेतृत्वमा सञ्चालित खैबर लङ्ग ड्युरे पुरातात्विक परियोजनाको ढाँचामा गरिएको यो खोजले तेस्रो सहस्राब्दीको दोस्रो आधामा त्यस क्षेत्रमा घुमन्ते पशुपालन जीवनबाट बसोबास गर्ने शहरी जीवनमा भएको रूपान्तरणलाई चित्रण गर्छ ।

अल–नताह नाम दिइएको फेला परेको शहरले किल्ला र शहरहरू भित्र आवासीय र दफन क्षेत्रहरूको स्पष्ट विभाजनको प्रमाण प्रदान गरेको खोज प्रतिबेदनमा उल्लेख छ ।

त्यहाँ ईसापूर्व २४०० र २००० बीचदेखि ईसापूर्व १५०० र १३०० सम्म पाँच सय व्यक्ति बसोबास गर्ने उल्लेख छ । खैबर ओएसीसमा सुरक्षाका लागि  १५ किलोमिटर लामो ढुङ्गाको पर्खालले घेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू