अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 19:18

विश्वको सबैभन्दा ठूलो गोही मर्‍यो

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते ४:०४ मा प्रकाशित

विश्वको सबैभन्दा ठूलो भनिएको गोही मरेको छ । सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको गोही एक सय १० वर्षको उमेरमा मरेको गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

क्यासियस नामको यो गोही नुन पानीमा बस्ने प्राणी हो । संसारको सबैभन्दा ठूलो गोही भनेर सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको यो गोहीको रेकर्ड अहिलेसम्म अरुले तोडेका छैनन् ।

यो झण्डै पाँच मिटर लामो र एक टन तौल थियो । यो गोही गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो ।

गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियाले विज्ञप्ती मार्फत गोही मरेको जानकारी गराउँदै क्यासियस आफूहरुको प्यारो साथी र परिवारको गर्व गर्न लायक सदस्य रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू