अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 05:31

क्यानडाले आफ्ना कुटनीतिज्ञमाथि निगरानी गरिरहेको भारतको आरोप

बिआरटीनेपाल २०८१ कार्तिक १७ गते ८:२७ मा प्रकाशित

शनिबार आयोजित मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले  क्यानडाली सरकारले आफ्ना वाणिज्य दूतावासका केही कर्मचारीहरूलाई उनीहरूको अडियो र भिडियो निगरानी भइरहेको र यो क्रम जारी रहने भनेर सूचित गरेको जिकिर गर्नुभयो ।

उनीहरूको कुराकानीमा पनि अवरोध पुर्‍याइएको छ । हामीले औपचारिक रूपमा क्यानडाली सरकारसमक्ष यसको विरोध जनाएका छौं’ उहाले भन्नुभयो , ‘किनकि यी कार्यहरू राजनीतिक तथा वाणिज्यदूत सम्झौताहरूको उल्लंघन हो ।’

प्राविधिक कुराहरूको आधारमा क्यानडाली सरकारले यो तथ्यलाई जायज ठहर्‍याउन नसक्ने उहाले तर्क गर्नुभयो। ‘उनीहरू उत्पीडन र धम्कीमा संलग्न छन्, हाम्रा राजनीतिक तथा वाणिज्यदूत कर्मचारीहरू पहिले नै उग्रवाद र हिंसाको वातावरणमा काम गरिरहेका छन् ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू