अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 23:42

तिहारमा ढाका टोपीको व्यापार बढ्यो

बिआरटीनेपाल २०८१ कार्तिक १७ गते ८:०६ मा प्रकाशित

ललितपुर पाटनका व्यापारीहरुले तिहारमा ढाका टोपीको व्यापार बढेको बताएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यसवर्ष पनि तिहारमा भाइटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको बताउँदै सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले गएकोवर्ष भन्दा यसवर्ष टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिनुभयो ।

सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाइ छ । ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको उहाँको भनाइ छ ।

नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको धेरै प्रयोग हुन्छ । विशेषगरी तिहारमा दिदीबहिनीले भाजुभाइलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू