अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३०
| Colorodo: 09:45
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।