अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 00:53

इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ कार्तिक १६ गते ६:३९ मा प्रकाशित

इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा कम्तिमा ४६ जना प्यालेस्टाइनीको ज्यान गएको छ । गाजामा क्रियाशिल स्वास्थ्य अधिकारीका अनुसार इजरायलले एउटा अस्पताल र शिविरमा आक्रमण गरेको हो ।

इजरायलको सेनाले लडाकु समूह हमासले सैन्य उद्देश्यका लागि बेत लाहियाको कमल अदवान अस्पताल प्रयोग गरेको आरोप लगाएको अरब न्यूजले जनाएको छ । अस्पतालमा भएको आक्रमणमा ३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

त्यस्तै मध्य गाजाको नुसेरात शिविरमा दुइ वटा घरमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेलगत्तै इजरायलले गाजामा आक्रमण थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू