अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३
| Colorodo: 12:28
छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ। त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो।
अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ। मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन्। यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ। छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ।