अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 01:01

मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भनाइ

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते २२:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने जनाएको छ । गाजा, लेबनान र सुडान द्वन्द्वले छोड्ने आर्थिक असरलाई सुधारसहित लयमा फर्काउन दशैँको लाग्ने आइएमएफको विश्लेषण छ । गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले गरिरहेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो ।

कोषले विज्ञप्तिमा सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने बताएको छ । यो प्रक्षेपण कोषले यस पहिले गरेको प्रक्षपणको तुलनामा शुन्य दशमलव ६ प्रतिशतले कमी हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मध्यपूर्व तथा मध्य एशिया विभागका निर्देशक जेहाद अजौरले दुबईमा पत्रकारसँग यो वर्ष द्वन्द्वले मानवीय पीडा र दीर्घकालीन आर्थिक क्षति पुर्‍याएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू