अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै ‘द हङकङ सिक्सेस’मा नेपालको विजयी शुरुवात

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते २२:१४ मा प्रकाशित

इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएकाे हाे । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेकाे हाे ।

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍याे । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले याे प्रतियाेगिता पहिलाे पटक खेलेकाे हाे । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू