अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 00:55

बेजोसले कुनै राष्ट्रपतीय उम्मेदवारलाई अनुमोदन नगर्ने भनेपछि घटे वासिङटन पोस्टका साढे २ लाख सबस्क्राइबर

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते १०:१७ मा प्रकाशित

द वासिङटन पोस्टले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारलाई अनुमोदन नगर्ने फैसला गरेपछि दुई लाख ५० हजार सबस्क्राइबर घटेका छन्।

अमेरिकामा प्रायः जसो पत्रिकाले हरेक राष्ट्रपतीय निर्वाचनमा कुनै न कुनै उम्मेदवारलाई अनुमोदन गर्छन्। पोस्ट आफैले पनि सन् १९७६ मा डेमोक्रेटिक पार्टीका जिमी कार्टरलाई अनुमोदन गरेपछि सन् १९८८ बाहेक हरेक चुनावमा कोही न कोहीलाई अनुमोदन गरेको थियो।

सबभन्दा धेरै पाठक भएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि यो वर्ष डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई अनुमोदन गरेको छ।

पोस्टले पनि उनैलाई अनुमोदन गर्ने अपेक्षा थियो। पोस्टको सम्पादकीय लाइन निर्धारण गर्ने र विचार पृष्ठ हेर्ने सम्पादकीय बोर्डले ह्यारिसाई अनुमोदन गरेको लेख लेखिसकेपछि पोस्टका मालिक जेफ बेजोसले गत हप्ता यसपालि कसैलाई अनुमोदन नगर्ने निर्णय गरेका थिए।

अरू धेरै व्यवसाय गर्ने अमेजनका संस्थापक बेजोसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई खुसी पार्न वा उनी रिसाउलान् भनेर डराएर यस्तो निर्णय गरेको भनेर सम्पादकीय बोर्डका सदस्य लगायत कर्मचारी र पूर्व कर्मचारीहरूले व्यापक विरोध गरेका छन्।

अमेरिकाको सरकारी संस्था नासासँग ३.४ अर्ब डलरको करार भएको बेजोसको कम्पनी ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पले ट्रम्पसँग भेट गरेकै दिन बेजोसले अनुमोदन नगर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू