अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 22:58

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते ९:३१ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताउनुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनुभयो । उहाँले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत पुर्याएर  निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताउनुभयो । घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको बताउनुभयो । उहाँले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताउनुभयो । उहाँले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू