अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३
| Colorodo: 20:28
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताउनुभएको छ ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको बताउनुभयो । उहाँले आफूले गरेका कामहरु राम्रोसँग जनतालाई बुझाउने अवसरका रुपमा आफूले लिएको बताउनुभयो । आफूलाई जनताले अहिले धेरै नै माया गरेको महशुस हुने गरेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार बनेको हेर्न जनताले चाहेको बताउनुभयो ।