अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८
| Colorodo: 14:03
पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको विषयमा दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई हिजो सफाइ दिएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ जना प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेपछि सरकारले उहाँको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।