अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 23:02

धेरै ठाउँको मौसम सफा, दिउँसो र राति केही ठाउँमा हल्का वर्षाको सम्भावना

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते २०:५८ मा प्रकाशित

अहिले देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले कतै–कतै बादल लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बाग्मती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो तिहार विशेष मौसम बुलेटिन निकालेर आजदेखि १९ गते भाइटिकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू