अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

पाकिस्तानमा पोलियो खोपका लागि यो वर्ष तेस्रो अभियान शुरू

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ५:२६ मा प्रकाशित

पाकिस्तानमा लाखौँ बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान शुरू भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्यका साथ अस्ति सोमवारदेखि शुरू भएको अभियान नोभेम्बर तीनसम्म चल्ने पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ । यो वर्ष पाकिस्तानको पोलियोसम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । सन् २०२४ को १० महिनामा अहिलेसम्म ४१ जना पोलियो सङ्क्रमणका बिरामी फेला परेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत आफ्ना बालबालिकालाई सुरक्षित राख्नुपर्ने भन्दै पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानमा मात्र  पोलियो महामारीको रूपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू