अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ४:४१ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । योसँगै लम्साललाई राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले युरोपेली देश र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा समेत काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू