अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 09:11

कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन् : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ४:३४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको बताउनुभयो । उहाँले नेपाल समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले अब समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक भइसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिवाद हाबी भएको बताउनुभयो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताउनुभयो । उहाँले भ्रष्टीकरणका विरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताउनुभयो । अध्यक्ष नेपालले समाजवादी क्रान्तीको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू