अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 13:21

लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्छ : प्रथम राष्ट्रपति यादव

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:५८ मा प्रकाशित

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभएको छ ।जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले आन्दोलनबाट तानाशाह हटाएको र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताउनुभयो ।उहाँले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले तराईको जंगल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गर्नुभयो ।

यादवले भन्नुभयो, ‘हामीले तानाशाहलाई हटायाँै । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । लोकतन्त्रमा छौँ । समावेशी लोकतन्त्र छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ । र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्छ  । प्रकृति नरहे हामी रहँदैनौँ । तेल त हामी भारततिरबाट ल्याउँछौँ । तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने ? तराईको जंगल मासिरहेको छ ।’ प्रथम राष्ट्रपति डा. यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू