अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 13:13

बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:३७ मा प्रकाशित

काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदसहित १७ जना पक्राउ परेका छन् ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्‍यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका सांसद अशोककुमार चौधरी, काठमाण्डाै जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य निकालेर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ । प्रदर्शनपछि सभामा सुमना श्रेष्ठ, सन्तोष परियार, डीपी अर्याल, स्वर्णिम वाग्लेलगायतले सम्बोधन गर्ने तालिका रहेको थियो ।

पक्राउ परेका लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू