अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 12:53

जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्यो : अध्यक्ष कुँवर

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:३२ मा प्रकाशित

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताउनुभएको छ ।मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो ।

अध्यक्ष कुँवरले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताउनुभयो । उहाँले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाउनुभयो । उहाँले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनिकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताउनुभयो ।

अध्यक्ष कुँवरले जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताउनुभयो । उहाँले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताउनुभयो । पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको बताउनुभयो ।

अध्यक्ष कुँवरले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताउनुभयो । उहाँले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताउनुभयो । वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू