अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 05:01

धनतेरसमा असर्फी किन्नेको भीड

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:३१ मा प्रकाशित

धनतेरसमा सुन र चाँदीका सिक्का (असर्फी) किन्न बबरमहलमा रहेको राष्ट्र बैंकको महाशाखा मुद्रा व्यवस्थापन विभागमा सर्वसाधारणको भीड लागेको छ । असर्फी किन्नका लागि आज बिहान ६ बजेदेखि नै लाइन लागेको थियो । राष्ट्र बैंकले २ दशमलव ५ ग्राम तौलको सुनको सिक्का बिक्री गरेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म विक्री गरिएको थियो । राष्ट्र बैंककाअनुसार एक जनाले एउटा मात्रै सुनको असर्फी पाएका थिए ।

त्यस्तै राष्ट्र बैंकले गएको आइतवारदेखि चाँदीको सिक्काको बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदीको सिक्का विक्री गरेको छ । धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन सुन, चाँदीका सिक्का चढाउने चलन छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू