अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 19:54

इजरायलको आक्रमणबाट इरानका तेल संरचना जोगिएपछि तेलको मूल्य घट्यो

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते २०:४९ मा प्रकाशित

इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ । इजरायलले हप्ताको अन्त्यमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । तर इरानले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै आक्रमणको प्रभावलाई कम आंकलन गरेको खबरमा उल्लेख छ ।

यसले आउने दिनमा पनि तेलको जोखिम महसुलमा निरन्तर घटाउने अवस्था सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार तनाव थप कम भएमा तेलको मूल्यमा निरन्तर गिरावट हुने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू