अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 19:00

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते ६:०७ मा प्रकाशित

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि चुनावमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने बताउनुभएको छ ।इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टोबर २७ का लागि चुनावको घोषणा गर्नुभएको थियो । सन् १९५५ देखि जापानमा शासन गरिरहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा बहुमत गुमाएको छ । चुनावमा एलडीपीले एक सय ९१ सिट र सबैभन्दा ठूलो विपक्षी दल सीडीपीले एक सय ४८ सिट जितेका छन् ।

आफ्नो दलले बहुमत गुमाएसँगै प्रधानमन्त्री इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेता नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा संलग्न भएको देखिनु रहेको बताउनुभएको छ । प्रधानमन्त्री इशिबाले आफूले पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्ने भन्दै मतदाताहरूले पार्टीमाथि कठोर निर्णय दिएका बताउनुभयो ।

राजनीतिक अनिश्चितताका कारण जापानी मुद्रा येनको मूल्य गएको तीन महिनायताकै सबैभन्दा कम विन्दुमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू