नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनुभएको छ ।सोमबार माठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैं, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
डेपुटी गभर्नर मिश्रले अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनुभयो । उहाँले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गर्नुभयो ।
डेपुटी गभर्नर मिश्रले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताउनुभयो । उहाँले साढे ११ र १२ प्रतिशत ९६५४ अर्ब० को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिनुभयो । उहाँले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
डेपुटी गभर्नर मिश्रले स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय, सप्लाई चेन, उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताउनुभयो ।