अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 13:14

भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते ६:०३ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ ।सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल गर्न कानुन र विधेयक प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

विधेयकलाई आउँदो अधिवेशनबाट पूर्णरुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउनका लागि सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न समितिलाई आग्रह गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रूपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू