अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 03:37

नवलपुरको दुम्कौलीमा जङ्गली च्याउको तरकारी खाएका एकैघरका ५ जना बिरामी

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:५४ मा प्रकाशित

नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् ।

गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको छ । च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू