अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

रवि लामिछानेमाथि दुर्व्यवहार गरेकाे छैन : कास्की प्रहरी

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:४७ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नगरेको बताएको छ ।लामिछानेमाथि दुर्व्यवहार भएको खबरहरू सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति निकालेर सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले निकाल्नुभएको विज्ञप्तिमा तथ्यहीन कुराको प्रचार नगर्न आग्रह गरिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गएको २ गते काठमाण्डाैबाट पक्राउ गरेर कास्की लगेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले कात्तिक ८ गते अनुमति दिएको छ ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू