अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

हामी अहिले नै सरकार हटाउने पक्षमा छैनौं : प्रचण्ड

बिआरटीनेपाल २०८१ कार्तिक १० गते ६:१९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताउनुभयो । सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको उहाँको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने काममा नलाग्ने तर, सरकारमा रहेका दलहरू ’भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले आउँदो चुनावमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाइ छ ।

कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको प्रष्ट पार्दै उहाँले रवि लामिछानेलाई मुद्दाबाट बचाउनका लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनामी गर्न खोजिएको बताउनुभयो । आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही चलाउँदा सिआइबी प्रमुखसँगको भेटमा प्रच‌ण्ड नै दोषी देखिए पनि पक्राउ गर्नु भनेको उहाँले सुनाउनुभयो ।

‘माओवादीको मान्छे पर्‍यो भनेर बचाउन पर्दैन। अरूको कुरा छोड्दिनु प्रचण्ड देखा पर्‍यो भने पनि पक्राउ गरे हुन्छ भनेका थियौं।त्यो भन्ने मान्छेलाई अहिले कसैलाई बचाउने सभा गर्नुपर्छर? , प्रचण्डले भन्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो। त्यतिबेलै सरकारमा हुँदा पनि छानबिनका लागि संसदीय समिति बनाउने कुरालाई नराम्रो रूपमा नलिन लामिछानेसँग आफूले आग्रह गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

तपाईं दोषी हो भने कारबाही भोग्न राजी हुनुपर्छ। होइन भने तपाईंले उन्मुक्ति पाउनुहुन्छ डराउनुपर्ने कारण के छ भनेको हुँ मैले। त्यही अनुसार समिति बनोस् भनेको हो। बरू बन्न हुँदैन भन्ने केपी ओली हो। हर हालतमा रविलाई बचाउनै पर्छ भन्ने केपी ओली हो,ु उहाँले भन्नुभयो। यद्यपि सरकारले अहिले देखाएको रवैयाप्रति भने माओवादी केन्द्रको आपत्ति रहेको उहाँको भनाई छ ।

‘त्यही प्रतिवेदनमा नाम उल्लेख भएका नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहीँ छानबिन गर्न नपर्ने। कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने । राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ त्यो बेठिक छ’, प्रचण्डले भन्नुभयो , ‘तर यत्रो विरोध र खबरदारी सभा कसैलाई बचाउनका लागि होइन। यो माओवादी र प्रचण्डलाई बदनाम गर्नेबाहेक अर्को षड्यन्त्रबाहेक केहीपनि होइन’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू