अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 16:15

डेङ्गी संक्रमण पुष्टि हुनेको सङ्ख्या २७ हजार नाघ्यो

बिआरटीनेपाल २०८१ कार्तिक १० गते ६:१३ मा प्रकाशित

देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो । डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा एक हजार ५७  र भक्तपुरमा छ सय २८ जना गरी काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण जनवरी १ अर्थात् गएको पुष १६ गतेदेखिको हो ।

नेपालमा भदौ/असोज महिनामा धेरै संक्रमित देखिने गरेको भए पनि धेरैजसो महिना केही सङ्ख्यामा बिरामी देखिने गरेका छन् । देशका सहरी क्षेत्र हुँदै मध्य पहाड र पहाडी क्षेत्रका धेरै ठाउँमा डेङ्गी देखिने गरेको छ । प्रयोगशाला भएका धेरैजसो मेडिकलहरुलेसमेत डेङ्गी परिक्षण गर्ने गरेकाले सबै संक्रमितको विवरण मन्त्रालयमा नपुगेको हुन सक्ने मेडिकल व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू