अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

क्यानडाले अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ७:०६ मा प्रकाशित

क्यानडाले देशमा काम गरिरहेका अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देशमा अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ट्रुडोले सरकारले कम्पनीहरूका लागि कडा नियम ल्याउन लागेको र उनीहरूले किन क्यानडाका कामदारलाई पहिलो प्राथमिकतामा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्ने बताउनुभएको छ ।

खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाको सम्बन्धमा तनावको स्थिति बनेको छ । गएको वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाउनुभएको थियो ।

भारतको पञ्जाबसहित अन्य राज्यका धेरै सङ्ख्यामा मानिसहरू काम गर्नका लागि क्यानडा जाने गरेका छन् । क्यानडाका प्रधानमन्त्रीको पछिल्लो घोषणाका कारण उनीहरूले समस्याको सामना गर्नुपर्ने हुनसक्छ । १८ लाख जना भारतीय क्यानडाका नागरिक छन् र १० लाख जना भारतीय क्यानडामा बस्छन् ।

यस्तै भारतबाट लाखौं विद्यार्थी पढाइका लागि क्यानडा जान्छन् । भारतको विदेश मन्त्रालयको सन् २०२३ को डिसेम्बर महिनाको तथ्याङ्कअनुसार दुई लाख ३० हजार जना भारतीय विद्यार्थी क्यानडामा अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू