अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

टर्कीको उड्डयन कम्पनीमा आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ कार्तिक ८ गते ७:०९ मा प्रकाशित

टर्कीको एउटा उड्डयन कम्पनिमा आक्रमण हुँदा ५ जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको घटनापछि सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिने समाचारमा उल्लेख छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेका थिए ।

यो घटनामा एक जना आक्रमणकारीले आत्मघाती बम विष्फोट गराएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार त्यस कम्पनीमा झण्डै  १५ हजार मानिस काम गर्छन् ।

टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी सङ्गठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को नाम आएको छ । तर गएरातिको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मा लिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू